माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज शुक्रवार पनि बस्दैछ । बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्नेछ । बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्नेक्रम चलिरहेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नेताहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको जनाएका छन् । माओवादी बैठकमा सरकार सञ्चालन र पार्टी पुनर्निर्माणबारे छलफल भइरहेको छ ।