कर्णालीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्चमा मुद्दा

सुर्खेत - कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कर्णाली नदी संरक्षण क्षेत्रका स्थानीय, वातावरण कानून समाज नेपाल र नेपाल नदी संरक्षण संस्थालगाएतका २५ जना रिट निवेदकले संयुक्त रुपमा नेपाल सरकारका विभिन्न कार्यालयलाई विपक्षी बनाउँदै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।