अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलालाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले धमलालाई नेपालगञ्ज महानगरपालिका-९ शान्तिनगरस्थित यातायात चोकबाट बिहीबार पक्राउ गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
धमलामाथि फैसलाको प्रतिलिपिका लागि सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोप छ । उनीमाथि अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।