डीभी भर्ने समय दुई दिन थप

अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा  आवेदन खुला गरिएको थियो ।