डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार राति सार्वजनिक गरिएको छ । अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सले नेपाली समयानुसार शनिबार राति ९.४५ बजे सोसम्बन्धी सूचना जारी गरेको थियो ।

सूचनामा दिइएको वेबसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर राखेमा नतिजा प्राप्त हुने जनाइएको छ । त्यसका निम्ति वेबसाइट http://dvprogram.state.gov/ESC/ मा जानुपर्ने जनाइएको छ ।

“यदि, तपाईं छनोट हुनुभएको छ भने चेक गर्ने यही नै एउटा उपाय हो,” सूचनामा उल्लेख छ । छनोटले मात्र अन्तर्वार्ता वा भिसाको ‘ग्यारेन्टी’ नहुने पनि सूचनामा जनाइएको छ । अमेरिकाले हरेक वर्ष डाइभर्सिटी भिसाअन्तर्गत विभिन्न देशबाट ५५ हजार मानिसलाई अमेरिका लैजाने गरेको छ । ठूलो संख्याका नेपालीले समेत हरेक वर्ष डीभी भर्दै आएका छन् ।