जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा निवेदन

जनता समाजवादी पार्टी पुन फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रीय जनता पार्टी र समाजवादी पार्टी एकता भई गठन भएको जसपा फेरि विभाजन भएको हो। आईतवार दिउँसो असोक राई, प्रदीप यादव, विरेन्द्र महतो,  नवलकिसोर शाहलगायतका नेताहरु निर्वाचन आयोग  कान्तिपथ गएर नयाँ पार्टी दर्ताका लगि निवेदन दिएका छन् । आसोक राई समूहले पार्टीको नाम पछाडि नेपाल शब्द हटाएका छन् । 

यस अघि जसपा दुई पटक फुटिसकेको छ। २०७८ मा महन्त ठाकुरले जसपा फुटाई लोकतान्त्रिक समाजवादी पार्टी निर्माण गरे भने डा. बाबुराम भट्टराईले जसपा फुटाएर नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।