'व्यक्तिगत र देशको इगोले सार्क असक्त तथा निरीह भयो' : अध्यक्ष ओली 

 काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत र केही देशको इगोले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क असक्त भएको टिप्पणी गरेका छन् ।

वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ओलीले सार्कको अस्तित्व नै नभएको बताएका हुन् । 
‘सार्कको अस्तित्व छैन । यो छैन भन्ने भनेका छैनन् । काठमाडौंका सेक्रेटारियट छ । केही ब्यूरोक्रेटको बैठक मात्रै बसेको छ’ ओलीले भने, ‘तर व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभाबी भइरहेको छ ।’