अध्यक्ष ओलीले भने-'नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन'  

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषायक अन्तर्क्रिया कार्यक्रममा ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन् ।