आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम

आज सिन्धुली, मकवानपुर, पर्सा, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, प्युठान र रोल्पा आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने छ । जलसतह बढ्ने नदी तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै पर्सिका लागि भने ती नदीहरूमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान छ ।