गुन्डा नाइके रिगललाई आम माफीविरुद्धको रिट आज न्यायाधीश शर्माको इजलासमा

गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आज न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् ।

चेतनको २०७२ सालमा नेपालगन्जमा खुँडा हानी हत्या भएको थियो । सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो ।