सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने 

काठमाडौँ - सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन तथा बिक्री गरेपश्चात् कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको हो । 

कम्पनीले चार लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिने म्याद माघ २६ गतेसम्म रहेको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म म्याद लम्बिनेछ ।