सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू

काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिवारबाट सुरु भएको छ । रथयात्राको पहिलो दिन काठमाडौंको घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइएको छ । साँझ चार बजे तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा असन पुर्याइएको हो । यो रथयात्रालाई तानेर तीन दिनमा लगन पुर्याइन्छ र समापन गरिन्छ ।