ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँ

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार चार खेल हुदैँछन् ।

दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ । रंगशालामा साँझ ६ बजे हुने दोश्रो खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मंगलबार नै च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ । च्यासल मैदानमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ । यो खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, एन्फा मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजे नै हुनेछ ।