'मोबाइल क्लिनिक बन्द भएको समाचार गलत हो, ‘ब्लू बस’ मा पनि समस्या छैन' : रवि लामिछाने

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक बन्द भएको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै लामिछानेले मोबाइल क्लिनक बन्द भएको भन्ने समाचारको खण्डन गर्दै मोबाइल क्लिनिकका लागि प्राप्त भएको गाडी मात्रै परिवर्तन हुन लागेको र मोबाइल क्लिनिक चालू रहेको बताएका हुन् ।

उनले आज जुगेडी क्षेत्रमा वृद्ववृद्वाको सेवामा रहेको पनि उनले जानकारी दिएका छन् । उनले ‘ब्लू बस’ मा पनि कुनै समस्या नरहेको र सेवामा रहेको प्रष्ट पारेका छन् ।