सदनको अवरोध हटाउने विषयमा भोलि सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौँ - सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा भोलि सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

भोलि संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने तयारी रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका छन् । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।