प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता हुने 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।