विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायाे । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित रहे। रविन्द्रको यो पहिलो शतक हो ।

ओपनर विल योंग शून्यमै आउट भए । इङ्ल्यान्डका साम करनले १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेकाे इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएकाे थियाे । उसका जाेए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै, कप्तान जाेस बटलरले ४३ र जाेनी बेयर्स्टाेले ३३ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणकाे प्रतियाेगिता हिजाे बिहीवारदेखि शुरु भएकाे हाे । भाेलि पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।