आज शेयर बजार नेप्से २६ अंकले घट्यो

सेयर बजार मापक नेप्से परिसूचक आइतबार २६.३६ अंक (१.२८ प्रतिशत)ले घटेको छ । योसँगै नेप्से २०२२.९२ विन्दुमा झरेको छ । यस दिन एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर पाँच अर्ब २४ करोड १४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१३ उपसमूहको समूहगतमध्ये हाइड्रोपावरको सूचक मात्र बढेको छ । आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । सबैभन्दा बढी कमाउनेमा १० प्रतिशतले सेयर मूल्य बढेको तेह्रथुम पावर कम्पनी लिमिटेड छ । अरू सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यसको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ ।