नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ

नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सर्वेक्षक गुप्ताले घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गुप्तालाई ३५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको हो ।