युरोपा कन्फ्रेन्स लिगको फाइनल आज राति हुँदै

काठमाडौँ - चेक रिपब्लिकको राजधानी प्रागमा रहेको फर्चुना एरिनामा आज राति यूईएफए युरोपा कन्फ्रेन्स लिगको फाइनल कॉन्फरन्स लीगको फाइनल खेल हुँदैछ । इटालियन क्लब फ्लोरेन्टिना र इंग्लिस क्लब वेस्ट ह्यामबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा हुनेछ ।

वेस्ट ह्याम ५८ वर्षपछि पहिलो पटक युरोपेली स्तरको उपाधि हात पार्न चाहन्छ । उसले यसअघि सन् १९६४-६५ मा युरोपेली उपाधिको रुपमा कप विनर्स कपको उपाधि जितेको थियो ।

अर्कोतर्फ इटालियन क्लब फ्लोरेन्टिनालाई पनि ६२ वर्षपछि युरोपेली स्तरको पहिलो ट्रफी जित्ने मौका छ । फ्लोरेन्टिनाको पनि एकमात्र युरोपेली सफलता १९६०-६१ मा कप विनर्स कपको पहिलो संस्करणको विजेताको रुपमा आएको थियो ।