शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ - शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार च्यासल खेल मैदान ललितपुरमा एउटा र दशरथ रंगशालामा दुईवटा खेल हुँदैछन् ।

जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।