काभा महिला भलिबलको उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।