सुदुर पश्चिमका भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् । पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने  घोषणा गरेका छन् ।

तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन् । यस्तै सरकारले राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ । 

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए । उनले बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने परियोजना अघि बढाइएको बताए ।