आज नेप्से करिब १२ अंकले बढ्यो

आज नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से १८५२.७७ विन्दुमा रोकिएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार दुई अर्ब ७९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ग्लोबल आइआएमई लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ६७ रुपैयाँ गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य ७९१ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा कायम भएको छ । कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।२९९ धितोपत्रका ९५ लाख पाँच हजार ६०८ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।