गैंडा मुद्दाका अभियुक्तहरू धमाधम पक्राउ

लामो समयको अन्तरालपछि चितवन राष्ट्रीय निकुञ्जको टोलिले नन्दन ताल क्षेत्रमा २० वर्षअघि  खाग काटेर लगेको मृत गैंडा फेला पार्यो । २०६० माघ २० उक्त घटनामा चार जना गैंडा तस्करीमा संलग्न भएको अनुसन्धानबाट खुलेको थियोे । घटनामा संलग्न भएको आरोप लागेका चम्का जेठा र मुक्तिबहादुर भनिने मुक्तलाल पुन फरार सूचिमा थिए ।

निकुञ्जले फरार रहेका पुनलाई २०७६ जेठ २० गते  १५ वर्ष कैद र १ लाख रुपैयाँँ जरिवाना सजाय  सुनायो घटनाको दुई दसकपछि र सजाय सुनाएको साढे १३ वर्षपछि निकुञ्ज र सेनाको टोलीले उनलाई गत पुस २४ मा राप्ती  नागरिकपालिकाको सिमलटाँडीबाट समायो। एकै दिन माइला तामाङ भनिने सोनामसिंह वाइबा समेत पक्राउ परे । उसले २०६३ साउन २८ मा गैंडा मारेपछि लुकिछिपी हिँडेको निकुञ्जको आरोप छ।

निकुञ्जले गणेश कुमाल ,  बिष्णु कार्की गोगनबहादुर क्षेत्री , हरि बहादुर कार्की र यम बहादुर कार्की समेतलाई समेतको थियोे । उक्त मुद्दामा उनिहरुलाई २०५७ माघ २५ गते निकुञ्जले अरुलाई १० वर्ष कैद १ लाख जरिवाना र हरि कार्कीलाई सात वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकियो।