आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक

काठमाडौं - राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ ।

गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक आज यहाँ आयोजित ‘पुस्तक विमोचन तथा ज्ञान हस्तान्तरण समारोहमा’ वरिष्ठ समाजसेवी तथा साहित्यकार भद्रकुमारी घले र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा संस्कृतविद् डा जगमान गुरुङले विमोचन गरे ।