बाराको कलैया उपमहानगरपालिकाको कार्यालयले आ.व. २०७७/०७८ र २०७८/०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै कलैया उपमहानगरपालिका, बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले दायर गरेको मुद्धामा मुख्य कसूरदारहरुलाई भ्रष्ट्राचार सम्बन्धि ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पाैडेलद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।