एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी कार्यालयले जानकारी दिएका छन्।
सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ । जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ । केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको पीडितको दाबी छ ।