यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित

काठमाडौँ -  एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ । म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो ।

दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५—० गोलले हराएको थियो । म्यान्मारको याङ्गोनमा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।