युरोपा कन्फ्रेस लिगको उपाधि वेस्ट ह्यामले जित्यो

काठमाण्डौँ - युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितको छ । गएराति सम्पन्न फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले दोस्रो संस्करणको​कन्फ्रेन्स लिगको उपाधि जितेको हो ।  

गएराति भएको खेलमा वेस्ट ह्यामलाई उपाधि दिलाउन सेड बेनरहमा र जरोड बोवेनले समान १ गोल गरे ।​ फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले १ गोल फर्काए ।

तीनवटै गोल दोस्रो हाफमा भएका हुन् । ६२औँ मिनेटमा सेड बेनरहमाले पेनाल्टीमार्फत् गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए । वेस्ट ह्यामको अग्रता लामो समयसम्म मभने टिक्न सकेन । ६७औँ मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याए । ९० औँ मिनेटमा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई उपाधि दिलाए ।