आज नेप्से ४.६२ अंकले घटेर बन्द भयो

साताको दोस्रो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.६२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको हो । आज ९५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

यसदिन समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ८.३९ प्रतिशतले घटेको छ । फाइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।