सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति बनाउन एमालेको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ । छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी राख्ने एमालेले जनाएको छ ।

मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए । उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे ।