सभामुखसहित प्रमुख तीन दल बैठक : एमाले संसद खुलाउन तयार

काठमाडौँ - नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सभामुखसहितको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा एमाले आजको संसद चल्न दिन सहमत भएको हो । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए । गृहमन्त्रीले जवाफ दिँदा एमालेको माग सम्बोधन नगरे पुन संसद अवरोध हुने उनले बताए । बर्तौलाले संसदमा गतिरोध सरकारका कारणले आएको बताए । सरकार कुनै पनि पक्षमा अडान छोड्ने पक्षमा नरहेको र प्रतिपक्षलाई गलाउने पक्षमा रहेको बताए ।