राप्रपा नेपालको केन्द्रीय समिति बैठक भाद्र ७ र ८ गते हुने

काठमाडौं - राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको छ। राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जीवनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। “यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजनासहित सैद्धान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने।

संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए।