बलात्कार मुद्दामा जेल बसेको ६ वर्षपछि सफाइ

बलात्कार मुद्दामा ६ वर्षदेखि थुनामा रहेका एक व्यक्तिलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । जिल्ला र उच्च अदालतले गरेको फैसला सर्वोच्च अदालतले उल्ट्याएको हो । नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले फैसला गर्दै पीडितको बकपत्रले मात्र कसुर ठहर नहुने भन्दै आरोपीलाई सफाइ दिने निर्णय सुनाएको हो ।

यसअघि नवलपरासी जिल्ला अदालतले २०७६ मंसिर २ गते अभिमन्यु अहिर यादवलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालत तुलसीपुरले २०७७ असार १५ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जबरजस्ती करणीको आरोपपछि भएको पीडितको शारीरिक परीक्षणमा उनी गर्भवती रहेको खुलेको थियो ।