'सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडिएको छ' : विश्वप्रकाश शर्मा

काठमाडौँ - नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले कडा सुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टल सुन भित्रिनु गम्भीर विषय भएको बताए । 

शर्माले यो विषयमा गहिरो अनुसन्धान हुनुपर्ने बताए । सुन तस्करी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने गरी अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।