'सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि अनुसन्धान हुनुपर्छ' : एमाले

 काठमाडौँ - नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने बताएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  संसद्को गतिरोध अन्त्य गर्न बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री श्रेष्ठ मुकदर्शक भएर बसेको आरोप लगाए ।

उनले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको आरोप लगाए । सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नबनेसम्म सरकारको विरोध गरिरहने बताए । तीन दलको शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षको एजेण्डामा कुनै सहमति नजुटेको उनले बताए  ।