विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दै

आईसीसी पुरुष विश्वकप २०२३ को पाँचौँ खेलमा आज घरेलु टोली भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दुई उपाधि दावेदारबीचको भिडन्त चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

पाँच पटकको ओडीआई विश्वकप विजेता अस्ट्रेलिया र दुई पटकको च्याम्पियन भारत जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनासहित मौदान उत्रने छन् । 

दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ । विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।