नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन कार्यालयका ८ जना अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका ८ जना अधिकृतविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत काठमाडौंका अनुसार पक्राउ पुर्जी जारी गरिएकाअधिकृत शैलेन्द्र ढकाल, बिमल पौडेल , कुशल बराल , ताराबहादुर कुँवर , विष्णुप्रसाद आचार्य , पिताम्बर रिमाल , विकास डंगोल  र सुजन फागो रहेका छन् । 

अदालतले यस अघि लिखत किर्ते तथा संगठित कसुरमा  उनीहरुविरुद्ध पक्राउ अनुमति दिएको थियो ।