आजको शेयर बजार : नेप्से १०.६६ अंकले बढ्यो, कारोवार रकम कति ? 

 काठमाण्डौँ - मंगलबार शेयर बजारमा दोहोरो अङ्कको सुधार आएको छ । साताको कारोबारको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार तेस्रो दिन भने दोहोरो अङ्कले उकालो लागेको हो । 

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १० दशमलव ६६ अंकले बढेर १८४४ दशमलव ३६ अङ्क कायम भएको हो । आज २६९ कम्पनीका २८ लाख ३२ हजार ९६४ कित्ता शेयर २० हजार ६९६ पटक खरिद बिक्री हुँदा ७७ करोड ३६ लाख ५२ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ ।