रघुजी पन्त भन्छन्-'भारतले सांस्कृतिक नक्शा राख्न पाउने नेपालले किन नपाउने ?' 

 काठमाडौँ - नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सांस्कृतिक र ऐतिहासिकको नाममा नेपालसहित अन्य देशको भू–भाग समेटेर ‘अखण्ड भारत’को नक्शा उसको संसदमा राख्न पाउने तर नेपालले ग्रेटर नेपालको नक्शा किन राख्न नपाउने भनेर प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले भारतले आफ्नो संसदबाट अखण्ड भारतको नक्शा नहटाएसम्म नेपालको संसदमा पनि सतलजस र राधी नदीको छेउसम्म पुगेको हाम्रो सीमाना, टिस्टा, कांगडा समेटिएको हाम्रो ग्रेटर नेपालको नक्शा पनि नेपालको संसदमा राख्नुपर्ने बताएका छन् ।