एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा

 काठमाडौँ - हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ ।

१२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो ।

प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।