प्रतिनिधिसभामा आजपनि एमालेद्धारा नाराबाजी, बैठक भोली बस्ने 

 काठमाडौँ -  सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ ।  बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन् । 

एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले अवरोध कायम राख्ने बताए । 

सभामुखले जनताका विषय बैठकमा राख्नुपर्ने भएकाले आफ्नो आसनमा फर्कन पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले अवरोध जारी राखेपछि  २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए ।