राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज बुधबार दिउँसो १:०१ बजे बस्दैछ ।

सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गरेको अवरोधको कारण स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

एमालेले सुन तस्करीको छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।