मन्त्रिपरिषदद्वारा राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

काठमाडौँ - सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो ।