सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम, अब हरेक दिन १ः३० देखि २ बजेसम्म खाजाखाने समय

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् । 

उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध गरेका छन् ।