images

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको अवस्था खराब

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको खराब अवस्था यथावत देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वमा  व्याप्त मौलाएको भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरि जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ ले नेपाललाई भ्रष्ट मुलुककै श्रेणीमा सूचीकरण गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टरले जारी गरेको प्रतिवेदन अनुसार सन्  २०२५ मा नेपालको सिपिआई स्कोर ३४ छ। अघिल्लो वर्ष सन् २०२४ मा पनि नेपालको स्कोर ३४ नै रहेकोमा त्यो अंक अहिले पनि यथावत देखिएको हो।  

सिपिआईमा समेटिएका १८२ मुलुकको सूचीमा नेपालको स्थान १०९ औं छ। नेपाल बढी भ्रष्टाचार हुने मुलुककै पंक्तिमा छ, सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा डेनमार्कले विगत ८ वर्षदेखि पहिलो स्थान कायम राख्दै यस वर्ष पनि सर्वाधिक ८० अंक प्राप्त गरेको छ।

मङ्गलबार २८ माघ २०८२ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया