पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

काठमाडौं - चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।
पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गरेका हुन् । चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गरेका छन्।

पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कुटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ ।