साताको दोस्रो दिन : नेप्से परिसूचक साढे ५ अंकले बढ्यो !

 

काठमाडौँ - आज सोमबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ५.५२ अंकले बढेर १८४४.०२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले बढेर ३४९.६६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा मिडल तमोर हाइड्रोपावर र एनआईसी एशिया बैंकको कारोबार भएको छ।