कांग्रेसको संसदीय दलको बैठक दिउँसो ४ बजे बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । 
बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ रहने छन । बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि सहभागिता जनाउने बताएको छ ।